भृकुटीमण्डपमा नेकपाकाे विशेष श्रद्धाञ्जली सभा

 

फागुन २३, काठमाडौँ । ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको शोकमा नेकपाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । 

नेकपाले बिहीबार काठमाडौँको भृकुटीमण्डपमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो । 

null

श्रद्धाञ्‍जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल लगायत उपस्थित छन् । 

गत फागुन १५ गते बुधबार ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो । 

यस्तै पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा उपचारको क्रममा फागुन १८ गते शनिबार निधन भएको थियो । अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *