उद्घाटन कार्यक्रममै बेहोस भएर ढलिन् नेकपा सचेतक चौधरी

फागुन २८, काठमाडौँ । संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीकी संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएकी छिन् । 

मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन सकिए लगतै उनी बेहोस भएकी हुन् । सरकारी वकिलकै कार्यालयमा उनी बेहोस भएकी हुन् । बेहोस भएपछि उनलाई तुलसीपुरमा अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रिपोर्ट भने आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *