‘क्रान्तिका नाममा जनता अल्मल्याउनेलाई निस्तेज पारिन्छ’

 

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन् । 

सोमबार राष्ट्रिय सुरक्षा परिषद्को अठारौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशको समग्र सुरक्षा अवस्था र यसका चुनौतिका विषयमा सरकारले गम्भीर भएर विश्लेषण गरिरहेको बताए । 

null

प्रधानमन्त्री ओलीले सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति केही व्यक्ति पानी बिनाको माछाजस्तै भएको टिप्पणी गर्दै भने, ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानीबिनाको माछा जस्तो छटपटिएका छन् । राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह सोच्न पनि नमिल्ने कुरा हो ।’ 

उनले पृथकतावादी समूह सानो भएपनि विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे । राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने भन्दै यस बिषयमा कसैले चिन्ता नगर्न पनि उनले आग्रह गरे । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले देशमा हिंसा फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताए । क्रान्तिका नाममा जनता अल्मल्याउनेलाई निस्तेज पार्ने उनको भनाइ थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *