रेशम चौधरीलाई जन्मकैदको फैसला भएपछि राजपामा हलचल, बोलायो आकस्मिक बैठक

 

फागुन २२, काठमाडौँ । कैलाली जिल्ला अदालतले टीकापुर हत्या काण्डमा राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी (राजपा) को बैठक बसेको छ । 

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट र थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी दुई वर्षीय नाबालक टेकेन्द्र साउद र ८ प्रहरीको ज्यान गएको थियो। 

null

बुधबार सोही घटनाको मुद्दामा फैसला सुनाउँदै दुई महिनाअघि सांसद बनेका रेशम चौधरीलाई पनि जन्मकैद सजाय सुनाएपछि राजपा नेपालले आधिकारिक धारणा दिनका लागि अध्यक्षमण्डलको बैठक बसेको हो । 

प्रधानमन्त्रीलाई पटक–पटक दबाव दिएका कारण सरकारले उनलाई सांसद पदमा सपथ गराएको थियो । टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि राजपाबाट उम्मेद्वारी दिएका रेशम चौधरी फरार थिए । उनले वारेसमार्फत् उम्मेदवारी दिएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *