स्वयंवर एउटासँग, विवाह मण्डपबाट अर्कैसँग टाप !

 

फागुन २०, जनकपुर । धनुषामा स्वयंवर गरेको बेहुलालाई छोडेर विवाहको दिन एक युवती आफ्नो प्रेमीसँग भागेकी छिन् । 

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकोहास्थित महराटोल बस्ने दलित समुदायकी २० वर्षीया युवती विवाहकै दिन आफ्नो प्रेमीसँग भागेकी हुन् । 

null

आइतबार विवाहका लागि धनुषाको सबैलाबाट जन्तीसहित बेहुला बेहुलीको घरमा आइपुगेका थिए । विवाह विधि सुरु हुनु अगावै स्वयंवर पश्चात् उनी सबैको आँखा छलेर भागेकी हुन् । 

बेहुली भगाउन सोही टोलका केही व्यक्तिहरुले सहयोग गरेको ईलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक भीम खड्काले बताए । 

बेहुली फरार भएलगत्तै प्रहरीले खोजी सुरु गरेपनि पत्ता लगाउन भने सकेको थिएन । अहिले सो गाउँमा बेहुला पक्ष र बेहुली पक्षबीच छलफल भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *