एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले गरे प्रदर्शन

२०७५ चैत १५ गते

रौतहट, १५ चैत । एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहटमा प्रदर्शन गरेका छन् । विज्ञान विषयको प्रश्नपत्र आउट भएलगत्तै बिहीबार पुनः सामाजिक विषयको पनि प्रश्नपत्र आउट भएपछि विद्यार्थीहरुले त्यसको विरोधमा रौतहतको चन्द्रनिगाहपुरमा प्रदर्शन गरेका हुन् ।
सडकमा निस्केका आक्रोसित विद्यार्थीहरुले टायर बालेर पूर्व–पश्चिम राजमार्गमा गरेको प्रदर्शनले केहीबेर सवारी आवागमन प्रभावित बनेको थियो । जिल्ला प्रहरी कार्यालय, रौतहटले केहीबेर विद्यार्थीको प्रदर्शनले सडक अवरुद्ध बने पनि अहिले सञ्चालनमा आएको जनाएको छ ।
प्रदेश २ मा एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना नसेलाउँदै सामाजिक विषयमा पनि त्यही क्रम दोहोरिएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।
null

२०७५ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित