‘विप्लव समूह चन्दाका नाममा लुटेर हिँड्छ, नेकपा भन्न लाज भइसक्यो’

 

फागुन २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी र सत्तारुढ दलको नाम एउटै पर्न गएकोमा आपत्ति जनाएका छन् । 

शुक्रबार सिके राउतसँग राजनीतिक सहमति गर्न राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लुटेरा समुहसँग सत्तारुढ दलको नाम मिल्न गएकोमा आपत्ति जनाएका हुन् । 

null

‘नेकपा भन्ने नाम हटाएर लुटेर समूह विप्लव वा प्रकाण्ड भने हुन्छ । लुट्नकै लागि नेकपा नाम राखिएको छ, लाज भइसक्यो । चन्दाका नाममा लुट्ने बाटो छोड, अन्यथा सरकारले शान्ति सुरक्षा बहाल गर्न उचित कदम चाल्छ’, उनले भने । 

पछिल्लो समय विप्लवका कार्यकर्ताबाट ठूलो मात्रामा हातहतियार बरामद भएको उल्लेख गर्दै प्रम ओलीले भने, ‘विप्लव समुह चन्दाका नाममा लुटेर हिँड्छ । विस्फोट गराउँदै हिँड्छ । लुट्ने, विष्फोट गराउने अनि कम्युनष्टि पार्टी नाम लिँदै हिँड्ने ?’ 

उनले लुट्नका लागि बनाएको पार्टीले नेकपा भन्ने बर्को फाल्न चेतावनी दिँदै विप्लवलाई सिके राउत जसरी शान्ति र राष्ट्रिय एकताको बाटोमा आउन आग्रह समेत गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *