प्रश्नपत्र बाहिरीएको विषयमा छानविन गरी ४ घण्टाभित्र रिपोर्ट पठाउन शिक्षा मन्त्रालयको निर्देशन

 

१५ चैत, काठमाडौं । शिक्षा मन्त्रालयले प्रदेश २ मा एसईईको प्रश्नपत्र लगातार बाहिरीएपछि यसबारे ४ घण्टाभित्र सबै विवरण पठाउन छानविन समितिलाई निर्देशन दिएको छ । प्रदेश २ मा बिहीबार र शुक्रबार सामाजिक सञ्जालमार्फत् विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरीएपछि शिक्षा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

प्रदेश २ मा एसईईको सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गर्दै छानविन सुरु गरिएको छ। 

null

प्रश्नपत्र बाहिरीएकाबारे छानविनको जिम्मा पाएको सिआईबीको बैठकले ७७ जिल्लाकै परीक्षा केन्द्रको अनुगमन गरेर प्रश्नपत्रको अवस्थाबारे चार घण्टामा रिपोर्ट पठाउन निर्देशन दिएको छ । 

७७ जिल्लाबाटै अनुगमन रिपोर्ट आएपछि साँझ ६ बजे बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाका विषयमा ठोस निर्णय गर्ने जानकारी दिइएको छ । 

प्रश्नपत्र बाहिरिएपछि सो विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा रद्द भएको भन्दै त्यहाँका विद्यार्थी आन्दोलित छन् । विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै विद्यार्थीहरुले सडकमा टायर बालेर प्रदर्शन समेत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *