राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो, सडक आन्दोलन गर्ने

 

फागुन २२, काठमाडौं ।सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले आजिबन काराबासको सजाय सुनाए पछि राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

आज पार्टी कार्यालयमा बसेको आकस्मिक बैठकले रेशम चौधरीलाई अदालतले टिकापुर घटनामा दोषि ठहर गर्दै आजिबन काराबासको सजाय फैसला गरेपनि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सर्वोच्चको फैसला विरुद्ध सडक आन्दोलन समेत गर्ने निर्णय गरेको छ ।  

null

कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो । 

राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारले आफूहरूसँग भएका सहमति एक वर्षसम्म कार्यान्वयन नगरेपछि बाध्य भएर सहमति फिर्ता लिएको बताएपनि भित्रि कुरा आफ्ना सांसद चौधरीलाई अदालतले आजिबन काराबास सजाय सुनाएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।  

संयोजक यादवले आफुहरुले विगत एक वर्षदेखि उठाएका माग सम्बोधन नभएकोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । ‘एक वर्षसम्म सरकारले हामीसँग गरेको सहमति पालन गर्ने कुनै तदारुकता देखाएन, त्यहि भएर हामी सडक आन्दोलनमा जान लागेका हौं ।’ यादवले भने ।  

 

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र रेशम चौधरीलाई दोषि ठहर गर्नुमा कुनै तालमेल नभएको बताएपनि भित्री कुरा राजपाले चौधरीको लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । ‘रेशम चौधरीका सन्दर्भमा अदालतको निर्णय आएको हो । लोकतान्त्रिक पद्दतिमा राजपा अदालतको निर्णयलाई मान्यता दिन्छ । यो सँग कुनै हाम्रो कुनै सरोकार छैन ।’ उनले भने । 

यता राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए । टीकापुर घटनाको फरार अभियुक्तका रुपमा रहेकै बेला वारेशनामा मार्फत कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका चौधरी निर्वाचनमा ठूलो मतान्तरसहित विजयी भएका थिए । 

प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *