ट्याक्टरले ठक्कर दिँदा सात वर्षीय हरिश काे मृत्यु
मकालु खबर
२०७५ चैत १३ गते
चैत्र १२, कञ्चनपुर । ट्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी छन् । विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । ट्याक्टर चालक ३८ वर्षीय आनसिंह धामी मृतक बालकका ठूलोबुबा रहेको उनले बताए ।
ट्याक्टर आउँदै गर्दा बालक अगाडि परेपछि ठक्कर लागेको बुझिएको छ । ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा राखिएको छ ।
मकालु खबर
२०७५ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित