माइक्रोबस दुर्घटना हुँदा एक जना को मृत्यु एक घाइते

 

फागुन २१, रामेछाप ।  मन्थली नगरपालिका–२ करमबोटमा साेमबार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन् । 

मृत्यु हुनेमा माइक्रोबसका धनी काठमाडौँ मनमैजुका ४५ वर्षीय कर्मा लामा रहेको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । दुर्घटनामा परी मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते भएकी छिन् । 

null

मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा१ज ९९०१ नंको माइक्रोबस दुर्घटनामा परेको हो । घाइते लामाको उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्का घाइते खड्कालाई उपचारका लागि काठमाडौँ लगिएको छ । गाडी सडकबाट करीब १०० मिटर तल तामाकोसी नदीमा खसेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *