विश्वकै कै अद्धितीय आयोजनाः कालेश्वरम लिफ्ट सिंचाई
फागुन ३०, काठमाडौँ । भनिन्छ, ‘जहाँ इच्छा त्याँहा उपाए’ । इच्छाशक्ति यदी बलियो छ भने असम्भव कुरा पनि सम्भव हुन सक्छ । उक्त कुराको सबुत हो, भारतको तेलंगाना राज्यमा निर्माण भईरहको कालेश्वरम लिफ्ट सिंचाई आयोजना । दक्षिण भारतमा अवस्थित तेलंगाना राज्यको धेरै भु–भाग सुख्खा छ । त्यस्तो क्षेत्र भएका कारण सिंचाईका लागि मात्र नभई पिउने पानीका लागि समेत तड्पिनुपर्ने अवस्था अझै पनि छ ।
सन् २०१४ जब तेलंगाना राज्य स्थापना भयो तब सदाको लागि जल संकट मोचन गर्ने सोच तेलंगाना सरकारले बनायो । जहाँ १८३२ किलोमिटर लामो नहरद्धारा ७ लाख ३८ हजार हेक्टर जमिन सिंचाई गर्ने लक्ष्य तय गरिएको छ । २०२२ जुन सम्ममा पुरा गर्ने गरी २०१६ मा शुरुवात भएको उक्त आयोजनाको कार्य अहिले युद्ध स्तरमा छ । भारतीय रुपैयाँ ८०.५० खर्ब अर्थात १३० खर्ब नेपाली रुपैयाँ लागत रहेको उक्त आयोजनाले अनेकन किर्तिमानी कायम गर्दैछ । आंशिक किर्तिमानी मात्रै यहाँ उजागर गर्न खोजिएको छ ।
null
सुरुङमार्ग, कालेश्वरमको पहिलो किर्तिमानी हो । सुरुङ मार्गले यस मानेमा किर्तिमानी कायम गर्दै छ कि कमान्ड एरिया सम्म पानी प्रवाह गर्न यतिबिघ्न लामो एकल सुरुङ मार्ग अहिले सम्म एशियामा निर्माण भएको छैन । जुन एलम्पल्ली र मल्लनासागर ब्यारेजबीच निर्माण भईरहेको छ । जसको एकल लम्वाई ८१ किलोमिटर रहेको छ । अन्य स्थानमा निर्मित सुरुङ सहित सुरुङमार्गको कूल लम्वाई २०३ किलोमिटर पुग्दछ । उक्त सुरुङमार्ग १२ किलोमिटर लामो भेरी–बबई डाइर्भसन वा २७ किलोमिटर लामो मेलम्ची खानेपानी अथवा २.५ किलोमिटर लम्वाइ प्रस्ताव गरिएको नागढुङ्गा भन्दा कयौँ गुणा अधिक हो ।
नहरको लम्वाई, कालेश्वर्मको दोस्रो किर्तिमानी हो । यति लामो नहर अहिले सम्म विश्वमै निर्माण भएको पाइँदैन । जहाँ नहरको कूल लम्वाई १,८३२ किलोमिटर रहेको छ । जुन विश्वकैै सबैभन्दा लामो मानिने चीनको ग्रान्ड क्यानल (१७७७ किलोमिटर) भन्दा अधिक रहेको छ । जुन राष्ट्रिय गौरवको सिक्टा सिँचाई (५३ किलोमिटर) भन्दा ३४.५७ गुना र बबई सिंचाई(७७ किलोमिटर) भन्दा २३.७९ गुणा अधिक हो । कालेश्वरम आयोजनाबाट ७ लाख ३८ हजार हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य तय भएको छ । जुन हाम्रो सिक्टा सिंचाई आयोजना भन्दा १८ गुणा अधिक हो ।
रिर्जववायर तथा लिफ्टिङ, कालेश्वरमको तेस्रो किर्तिमानी हो । यति धेरै परिमाणमा पानी संचय गर्न सकिने रिर्जबवायर विश्वमा अझै निर्माण भएको छैन । जहाँ रिजर्बवायरको क्षमता १४७.७१ टिएमसी फिट तय भएको छ । यसका अलवा १८० टिएमसी फिटसम्म पानी उपयोग गर्न सकिने गरी संरचना निर्माण गरिँदै छ । स्मरण रहोस् १ टिएमसी फिट भनेको २३.८ अर्ब लिटर हो । त्यस्तै, कालेश्वर आयोजना दैनिक कम्तिमा २ देखि ३ टिएमसी फिट सम्म पानी लिफ्ट गर्न सकिने गरी निर्माण गरिँदै छ । जबकी दैनिक १ देखि २ टिएमसी भन्दा अधिक पानी लिफ्ट गर्न सक्ने अहिल सम्म विश्वमै निर्माण भएको छैन । हाम्रो हकमा टिएमसी परिमाणमा पानी अटने गरी रिर्जबवायर निर्माण गर्नु कल्पना भन्दा बाहिरको कुरा मानिन्छ ।
उपयोग हुने बिजुलीको परिमाण, कालेश्वरमको चौँथो किर्तिमानी मानिन्छ । उक्त आयोजनामा पम्प अप्रेशनका लागि मात्र ४,६२७ मेगावाट आवश्यक पर्नेछ । प्याकेज ८ मा ७ वटा यस्ता पम्प जडान भएका छन जहाँ प्रतिपम्प १३९ मेगावाट बिजुली आवश्यक पर्छ । आयोजना अप्रेशनका लागि आवश्यक पर्ने बिजुली हाम्रो वर्तमान उत्पादन भन्दा ४ गुणा अधिक हो । यस आयोजनासँग जोडिएका अरु धेरै किर्तिमानी नभएका होइनन् तर एउटै आलेखमा ब्याख्या गर्नु कठिन छ ।
यहाँनिर के कुरा भुल्नु हुँदैन भने, भारतमा ठूला सिंचाई आयोजना निर्मााण हुनु भनेको त्यहाँको कृषि उत्पादन बृद्धि हुुनु हो । कृषि उत्पादन बृद्धि हुनु भनेको प्रति इकाई लागत घट्नु हो । प्रति इकाई लागत घटनु भनेको नेपालको कृषि उपजले भारतको कृषि उपजसँग प्रतिस्पर्धा गर्न नसक्नु हो ।
यस हिसाबले भारतमा निर्माण हुने यस्ता आयोजनाहरुले नेपालाई प्रत्यक्ष्य असर नपारे पनि अप्रत्यक्ष्य रुपमा असर पारेको छ । सिंचाईको क्षेत्रमा भारतले यति ठूला आयोजना निर्मााण गर्यो भनेर जल्नु वा बखान गाउनु भन्दा त्यस्ता आयोजनाबाट के कस्ता पाठ सिक्न सकिन्छ, त्यो महत्वपूर्ण कुरा हो । कलमकारको मक्सद पनि भारतमा निर्माण भईरहेको कालेश्वरम आयोजनाको बढाई चढाई गर्नु होईन । बल्की कालेश्वर जस्तै मुलुकको तस्बिर बदल्न सक्ने आयोजना निर्माणका लागि भक्झकाउनु र सिक्न सकिने पाठ, खुलासा गर्नु हो ।
‘४–५ सय मिटर मुनिको पानी लिफ्ट गरी सिंचाई लगायतको क्षेत्रमा उपयोग गर्न सकिन्छ’ भन्ने कालेश्वर्म आयोजनाबाट सिक्नुपर्ने पहिलो पाठ हो । हामी कहाँ ४–५ मिटर मुनि नदी बगिरहँदा निजकैको टार सुख्खा परिरहेका कयौँ उदाहरणहरु छन् । कालेश्वरम आयोजनामा जस्तै नदीको पानी लिफ्ट गरी सुख्खा टारलाई हरित बनाउन कालेश्वर्म आयोजना मार्गदृष्टा नभई रहन सक्दैन । त्यस्ता टारको सूची निकै लामो हुन सक्छ ।
‘जलविद्युत आयोजना निर्माण गर्न अनकनाउनु पर्दैन’ भन्ने कालेश्वरम आयोजनाबाट सिक्नुपर्नेे दोस्रो पाठ हो । जहाँ भारत वा बंगलादेशले बिजुली खरिद गर्दैनन् कि भन्ने संशयका कारण जलविद्युत आयोजना निर्माण गर्न हिचकिचाइएको छ । अधिक उत्पादन भएको बिजुली बिक्री गर्नुपर्छ भन्ने केही छैन, हामीले कालेश्वरम जस्तै बृहत आयोजना अगाडि सार्ने हो भने जति बिजुली पनि उपयोग हुन सक्छ । साना ठूला ६ हजार नदीानालका बाबजुद २६.४१ लाख हेक्टर कृषि योग्य भूमि मध्ये ५.५६ लाख हेक्टरमा मात्र बर्षभर सिँचाई उपलब्ध हुनुले कालेश्वरम जस्तै बृहत लिफ्ट सिँचाई आयोजना नेपालको लागि खाँचो नभइरहन सक्दैन । सप्तकोशी, सप्तगण्डकी, सप्तकर्णाली लगायतका ठूला नदी आसपासका सुख्खा टारहरु हराभरा बनाउन कालेश्वर गतिलो पाठ हुन सक्छ ।
‘काम गर्ने तौरतरिका नमिल्दा सुरुङमार्ग निर्माणमा बिलम्ब भएको हो’ भन्ने कालेश्वरम आयोजनाबाट सिक्नु पर्ने तेस्रो पाठ हो । जहाँ मात्र १२ किलोमिटर लम्वाई रहेको भेरी बबई बहुउद्देश्यीय डाईभर्सनको सुरुङ मार्ग निर्माण गर्न ३–४ बर्ष लाग्ने देखिएको छ भने मात्र २७ किलोमिटर लम्वाईरहेको मेलम्चीको सुरुङमार्ग निर्माण गर्न १६ बषर्काको समायावधि व्यतित भईसकेको छ । जबकी कालेश्वर्म आयोजनामा ८१ किलोमिटर लामो एकल सुरुङ मार्ग सकित कूल २०३ किलोमिटर सुरुङ मार्ग मात्र ६ बर्षमा पुरा गर्ने लक्ष्य तय भएको छ । यसबाट हाम्रो काम गर्ने तौरतरिकामा कयौँ त्रुटि रहेको छ भन्ने पुष्टि हुन्छ । यसर्थ निर्माणधिन सुरुङमार्गको काम सिघ्रसम्पन्न गर्न र अब निर्माण हुने सुरुङमार्गमा बिलम्ब हुन नदिन कालेश्वर्म आयोजना सहयोगसिद्ध नहुने कुरै हुँदैन ।
‘वन, वातावरण, जग्गा प्राप्ती, मुआब्जा वितरण लगायतका समस्याहरुको उचित व्यवस्थापन पश्चात् मात्र आयोजना शुरु गर्नुपर्छ भन्ने कालेश्वरम आयोजनाबाट सिक्नु पर्ने चौँथो पाठ हो । त्यसो त कालेश्वर आयोजना कार्यान्वयनका लागि वन क्षेत्र, निजी जमिन र सार्वजनिक जमिन गरी कूल ३२,००० हजार हेक्टर जमिन अधिकरण गर्नुपर्ने थियो । उक्त जमिन अधिकरण गर्नु त्यति सहज थिएन । समस्याहरुसँग जुध्नु पनि पर्यो । यी समस्याहरु हल गरेर नै आयोजनाको कार्य अगाडि बढाइयो । महत्वपूर्ण कुरा के हो भने कतिपय अधिकरणसँग सम्बन्धित कतिपय समस्याहरुको दीर्घकालीन निदान खोज्दा समश्याहरुको दीर्घकालीन निदान खोज्न नयाँ कानुन समेत निर्माण गर्नुपर्यो । निर्माण गरियो । हामी कहाँ भूमि अधिकरण, मुआब्जा वितरण लगायतका समस्या हरेक ठूला आयोजनाहरुमा पटक पटक बल्झने गरेका छन । तर अल्पकालीन र पटके निदान खोज्ने गरिएको छ । जग्गा अधिकरण, मुआब्जा वितरण र वातावरणीय निदानका लागि कालेश्वर्म आयोजना गतिलो पाठ हुन सक्छ ।
‘विकास आयोजना निर्धारित सयमसीमा भित्र हरहालतमा पुरा गर्नुपर्छ’ भन्ने कालेश्वरम आयोजनाबाट सिक्नु पर्ने पाँचौ पाठ हो । आयोजना सन् २०२२ जुन सम्ममा आयोजना पुरा गर्ने गरी २०१६ शुरु भएको हो । तोकिएकै समयमा फत्ते गर्न निर्माण कार्य युद्धस्तरमा भईरहेको छ । हामीले अगाडि सारेका २३ थान राष्ट्रिय गौरवका आयोजना मध्ये कुनै पनि आयोजना समेत निर्धारित समयमा पुरा हुने छाँटकाँट छैन । २०४०।४१ देखि अगाडि सारिएको पश्चिम सेती जलविद्युत आयोजना, २०४४।४५ देखि अगाडि सारिएको बबई सिँचाई आयोजना, २०४५।५६ देखि अगाडि सारिएको मध्य पहाडी लोकमार्ग, २०५९।६० देखि अगाडि सारिएको मेलम्ची खानेपानी अझै अपुरो अधुरो अवस्थामा छन् । विकास आयोजना बिलम्व गर्ने हाम्रो निजी प्रवृतिका खातिर कालेश्वर आयोजना गतिलो नसिहत हुन सक्छ ।
‘विकास आयोजना निर्धारित लागतसीमा भित्र निर्माण सम्पन्न गर्नुपर्छ’ भन्ने कालेश्वरम आयोजनाबाट सिक्नु पर्ने छैठाैँ पाठ हो । जहाँ आयोजनाको लागत ८०.५ खर्ब निर्धारण भएको छ । युद्धस्तरमा निर्माण भईरहेकाको कालेश्वरमा लागत बृद्धिको गुन्जाईस अत्यन्त न्युन रहेको बताइन्छ । परन्तु, हामी कहाँ अरु त परै जावास राष्ट्रिय गौरब कै कुनै पनि त्यस्तो आयोजना फेला पार्नु दुर्लभ छ, जसको लागत बृद्धि नभएको होस् । जस्तै लागत बबई सिँचाई आयोजनाको २.३० अर्बबाट १२.६९ अर्ब, सिक्टा सिँचाई आयोजनाको १२.८० अर्बबाट २५.०२ अर्ब, मेलम्ची खानेपानीको २७.१६ अर्बवाट ३५.५४ अर्बमा उक्लिएको छ । विकास आयोजनाको लागत लागत बृद्धि हुनुलाई सामान्य ठान्ने हाम्रो काईते आनीबानीका खातिर कालेश्वर्म गतिलो सबक हुन सक्छ ।
‘यदी राजनेता आँटी, निष्ठावान, प्रतिबद्ध र दुरदर्शी छ भने असम्भव ठानिएको कार्यले समेत जीवन्तता प्राप्त गर्न सक्छ’ भन्ने कालेश्वर्मवाट सिक्न सकिने सातौं पाठ हो । लिफ्ट गर्नुपर्ने उचाई, यसमा प्रयोग हुने प्रविधि, आवश्यक पर्ने उर्जा, सिँचाई सुबिधा पुर्याउनु पर्ने क्षेत्रफल, नहरको लम्वाई, कूल लागत आदि सबै हिसाबबाट कम्ति चुनौतिपूर्ण आयोजना होईन, यो । समुद्री सहतबाट १०० मिटर उचाईमा मात्र बग्ने गोदावरी नदिको पानि ६०० मिटर उचाईमा अवस्थित तेलंगानामा पुर्याउनु वा १८३२ किलोमिटर लामो नहर निर्माण गर्नु, अथवा ४६२७ मेगावाट बिलुली जोहो गर्नु र यसका निमित्त ८५.५ खर्ब रकम जोहो गर्नु कुनै बच्चाको खेल होईन । तर त्यो आँट, साहस र पहलीकद तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर रावलले उठाएका छन् ।
स्मरण रहोस् तेलंगाना २०१४ जुन २ मा मात्र स्थापना भएको हो भने हाल चन्द्रशेखर राब मुख्य मन्त्री छन् । उनकै पहल कदममा आयोजना अगाडि बढिरहेको छ । हाम्रो हकमा संघीयता कार्यान्वयन भई प्रदेश तथा स्थानीय निकायमा अधिकार निक्षेपण भएको सन्दर्भमा ७ प्रदेशका मुख्य मन्त्रीका खातिर चन्द्रशेखर राब पहलीकदम अनुकरणीय हुन सक्छ ।