चैत्रमा हुने भनिएको आठौं राष्ट्रिय खेलकुद अब वैशाखा हुने
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत्र १५, काठमाडौँ । चैत्रमा नै हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाखमामा सारिएकाे छ । प्रदेश पाँचमा हुने आठौँ राष्ट्रिय खेलकुद वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले जनाएको छ ।
पटक पटक मिति सरिसकेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे अन्यौलता छाएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । शुक्रबार बसेको बोर्ड बैठकले अब नसर्ने गरी मिति तय गरेको हो । प्रतियोगिताको उद्घाटन हुने भनिएको नेपालगञ्ज रंगशला बनी नसक्दा खेलमा अन्यौलता छाएको थियो । हाल रंगशालाको भीआईपी प्याराफिट जडानको कार्य धमाधम भइरहेको छ ।
null
प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले प्रतियोगिताका केही खेल चैतमै सुरु हुने जानकारी दिएका छन् । चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएपनि बोर्ड बैठकले बैशाखको पहिलो साता प्रतियोगिताको मिति तय गरेकाे छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)