नेकपा नेता अधिकारीको स्वास्थ्य अवस्था नाजुक, अचेत भएपछि भेन्टिलेटरमा राखियो

 

फागुन १७, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । 

दुई महिनादेखि अस्वस्थ रहेका नेता अधिकारीलाई बिहीबार धुम्बाराहीस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखिएको छ । अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो । 

null

अधिकारीको उपचारमा डा. भगवान कोइराला, अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न छन् । 

श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए। अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *