अर्न्तराष्ट्रिय हरियाली मञ्चद्धारा राईलाई सहयोग

 

चैत्र १३, धरान ।  अर्न्तराष्ट्रिय हरियाली मञ्च, साँस्कृतिक समुहले विदेशबाट यातना पाएर स्वदेश फर्किएकी शान्ता राईलाई आत्मनिर्भर बन्न सहयोग गरेको छ । समुहले मंगलबार साँझ राईको धरान १९, पर्वत मार्ग्स्थित सिलाई कटाई सेन्टरमा पुगेर सहयोग हस्तान्तरण गरेको हो । 

राईलाई आवश्यक पर्ने ३ वटा मेशिन र एउटा छुट्टै इलेक्ट्रिक मेशिन सहयोग गरिएको समुहकी अध्यक्ष कुमारी नाछिरिङ राईले जानकारी दिइन् । उनका अनुसार राईको एउटा मात्र खुट्टा चल्ने भएकोले उनको लागि अलग्गै मेशिन सहयोग गरिएको हो । 

null

मञ्चले गत फागुन १७ गते सहयोगार्थ लोक साँस्कृतिक नृत्य प्रतियोगिता आयोजाना गरेका र सोही कार्यक्रमबाट उठेको रकमले राईलाई सहयोग गरेको अध्यक्ष राईले बताईन । सहयोग सामग्रीहरुमा ३ वटा कपडा सिलाउने नर्मल मेशिन, एउटा इलेक्ट्रिक मेशिन, कैची, धागो लगायत आवश्यक सामग्रीहरु रहेको छ । 

करिब ८० हजार बराबारको सामाग्री सहयोग गरिएको संस्थाले जनाएको छ । शान्ता राईको भोजपुर माइती घर भएको र वैदेशिक रोजगारीमा इराक पुगेकी थिइन् । त्यहाँ उनले शारिरीक यातना पाएर दयनीय र अशक्त अवस्थामा नेपाल फर्किएकी थिइन् । उनको खुट्टा एउटा मात्र चल्छ भने ढाडमा पनि गहिरो असर परेको छ । 

हाल धरान ११ मा डेरा गरी बस्दै आएकी छिन् । सिलाई कटाई सिकेकी उनले गरिखाने आधार यही भएको बताएपछि संस्थाले सहयोग गरेको समुहकी अध्यक्ष नाछिरिङ राईले बताइन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *