मोजाम्बिकमा आँधी–हुरी, १ हजार बढीको मृत्यु

 

चैत ५, काठमाडौँ । अफ्रिकाको मोजाम्बिकमा समुन्द्री आँधीका कारण १ हजारको मृत्यु भएको छ । 

भीषण वर्षापछि आएको समुन्द्री आँधीबाट १ हजार बढीको ज्यान गएको मोजाम्बिककी राष्ट्रपति फिलिप नुसीले पुष्टि गरेका छन्.। 

null

बिहीबार ठूलो वर्षापछि प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आएको आँधीका कारण जिम्बाब्बे, मलाबी लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ । 

राष्ट्रपति नुसीले सोमबार आँधीले प्रभावित क्षेत्रमा हवाई भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले आफूले पानीमा शवहरु तैरिरहेको देखेको बताए । 

आँधीले अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ भने जिम्बाब्बेमा ९८ जनाको ज्यान गएको र २१७ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बेयराका पाँच लाख मानिसको घर क्षतिग्रस्त भएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *