९ महिने कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै इटहरी पुगे डिएसपी गौतम

 

फागुन २२, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक वेदप्रसाद गौतम आफ्नो ९ महिने कार्यकाल सफलतापूर्वक सम्पन्न गरि विदा भएका छन् । गत, जेठ २५ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका तत्कालिन प्रहरी निरीक्षक गौतम डिएसपीमा बढुवा भएपछि चितवनबाट विदा भएका हुन् । 

अब उनले प्रदेश नम्बर १ को ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरीमा कार्यभार सम्हाल्ने छन् । यो बीचमा उनले चितवनमा रहँदा धेरै उल्लेखनीय कार्यहरु गरेर छोटो समयमै जनताको मन, मस्तिष्कमा बस्न सफल भए । बितेको नौ महिनामा उनले ट्राफिक शिक्षाको ज्ञान बाँड्नेदेखि, चितवनलाई व्यवस्थित बनाउनेसम्मका कार्यहरु गरे । जसले गर्दा उनी छोटो अवधिमै सबैको लोकप्रिय बने । 

null

नौ महिनामा के–के गरे प्रहरी निरीक्षक गौतमले ? 

–स्थानीयमा ट्राफिक शिक्षाको ज्ञान बाँड्ने । 

–भरतपुर महानगरपालिकासंँगको सहकार्यमा जिल्लामा नै पहिलो पटक ट्राफिक लाईटको व्यवस्था । 

-तीन पाँग्रे सवारी अटो रिक्सालाइ मूख्य राजमार्गबाट हटाइ ब्यावस्थित पार्न । 

-भरतपुरमा पहिलोपटक काठमाडौं उपत्यकाको जस्तै स्मार्ट ट्राफिक आईल्याण्ड जडान । 

-समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २१ वटा विद्यालयका तीन हजार चार सय जना विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धमा ट्राफिक प्रहरीले प्रशिक्षण । 

-टोल टोलमा ट्राफिक प्रहरी अभियान अन्तर्गत दुई हजार सात सय जनालाई सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण । 

-जिल्लाका विभिन्न स्थानहरुमा २७ वटा रिफ्लेक्टिभ स्टिकरसहितको ड्रम । 

-नारायणगढ–मुग्लिन सडक खण्डको बारेमा सही सूचना दिलाउन ट्राफिक प्रहरीले मोबाईल एसएमएस सिस्टमको व्यवस्था समेत । 

-महिनामा एक दिन ट्राफिक व्यवस्थापन कार्यक्रमलाई निरन्तरता । 

-सवारीसाधनबाट निस्कने फोहोर व्यवस्थापनको लागि सवारीसाधनमै डस्टविन हस्तान्तरण तथा सरसफाई अभियान संचालन । 

-हराएका र बेवारिसे अवस्थामा फेला परेका तीन वटा मोटरसाईकल सवारी धनी पत्ता लगाई हस्तान्तरण । 

-स्थानीय कालिका एफएमसंँगको सहकार्यमा ट्राफिक सेफ्टी क्वीज संचालन र ड्रिम्स एफ।एम।संँगको सहकार्यमा प्रत्येक शुक्रबार ट्राफिक टाईम कार्यक्रम समेत संचालन । 

-स्थानीय सामाजिक संँघसंस्थाहरुसंँगको सहकार्यमा जिल्लाका १२ स्थानमा जेब्राक्रस निर्माण, भरतपुर महानगरपालिका संँगको सहकार्यमा रोड मार्किङ, सामाजिक संँघसंस्थाहरुसंँग सहकार्य गरी जिल्लाका विभिन्न स्थानहरुमा ७५ वटा ट्राफिक संँकेतबोर्ड जडान, सार्वजनिक सवारी चालक तथा परिचालकहरु तीन हजार दुई सय जनालाई प्रशिक्षण, सार्वजनिक सवारीका चालकहरुको स्वास्थ्य परीक्षण तथा सवारीको यान्त्रीक परीक्षण कार्यक्रम संचालन, चालकहरुलाई ओभरटेक गर्ने तरिका बारे प्रशिक्षण, पर्चा–पम्प्लेट वितरण तथा व्यानर राख्ने कार्य, सरकारी कार्यालयका सवारी चालकहरुलाई ओभरटेक गर्ने तरिका बारे प्रशिक्षण, भरतपुर महानगरपालिकासंँगको समन्वयमा हाईवे सडक र सडकदेखि पाँच सय मिटर वरपर फुटपाथ निषेध । 

-सडक सुरक्षा सम्बन्धि प्ले कार्ड सहितको र्याली, नेपाली सेनाका अधिकृत तथा जवानहरुलाई ट्राफिक नियम बारे प्रशिक्षण, सरकारद्धारा निर्धारित भाडादर कार्यान्वयन सम्बन्धमा अनुगमन, चेकजाँच र कारवाही, सिट क्षमता, आरक्षण सिट, सहुलियत सम्बन्धमा अनुगमन, चेकजाँच तथा कारवाही । 

दुर्घटना र कारवाही विवरण 

नौ महिना अवधिमा २७ हजार नौ सय ५० सवारी कारवाहीमा परे । जस अन्तर्गत दुई करोड नौ लाख १७ हजार पाँच सय रुपैयाँ जरिवाना पनि उठ्यो । चार सय २३ जनालाई मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुलाई कारावही गरियो भने, दुई सय २१ वटा दुर्घटना भएकोमा एक सय २१ जनाको मृत्यु र चार सय ३० जना घाईते भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *