सरकार–सिके सम्झौताको दोस्रो बुँदा ‘द्वन्द्वको बीउ’: बाबुराम भट्टराई

 

फागुन २७, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘जनअभिमत’ का विषयमा प्रष्ट पार्न सरकारलाई आग्रह गरेका छन् । 

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न पुगेका भट्टराईले सरकार र सिके राउतबीचको ११ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै २ नम्बर बुँदा स्पष्ट पार्न आग्रह गरेका हुन् । 

null

सिके राउत पक्षले जनअभिमतलाई जनमत संग्रहको रुपमा लिएको बताउँदै संयोजक भट्टराईले भने, ‘११ बुँदे सहमति अस्पष्ट छ । सहमतिको २ नम्बर बुँदा स्पष्ट पार्न नसके त्यसले मुलुकमा फेरी अर्को द्वन्द्वको बीउ रोप्न सक्छ ।’ वार्तामार्फत् समस्या समाधान गर्नु सकारात्मक पक्ष भएको बताउँदै उनले दोहोरो अर्थ लाग्ने भाषा प्रयोग गर्नु सरकारको कमजोरी हो भने । 

संयाेजक भट्टराईले जनकपुरमा सिके राउतका समर्थकको गतिविधिले सरकारसँग भएको ११ बुँदे सहमतिप्रति नै आशंका उब्जाएको बताए । ‘हिजो जनकपुरमा भएका गतिविधिले उनीमाथि शंका गर्ने ठाउँ देखियो । नेता भईसकेपछि आफ्नो कुरामा दृढ भएर उभिन र कार्यकर्तालाई मनाउन सक्नुपर्छ’, उनले भने । 

संविधानलाई संशोधन गरेर संघीयतामा अपूर्ण भएका कुरा थपघट गर्दै अघि बढ्न पनि भट्टराईले सिके राउतलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *