गोदामचौर सामूहिक बलात्कार प्रकरणः ३ अभियुक्त दोषी ठहर, १० वर्ष जेल सजाय

 

फागुन १७, काठमाडौँ । ललितपुरको गोदामचौर सामूहिक बलात्कार काण्डका तीनै जना अभियुक्तलाई जिल्ला अदालतले जनही १० वर्ष २ महिना जेल सजाय सुनाएको छ । 

ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले रघु सिलवाल, विशालध्वज कार्की र पवन कुवँरलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय हुने फैसला सुनाएको हो । 

null

त्यसैगरी अभियुक्तलाई तीनै जनालाई ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरी मुद्दामा ६० दिनको फैसला सुनाइएको छ । उनीहरुबाट पीडितलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि जिल्ला अदालको फैसलामा भनिएको छ । 

गत वर्ष मंसिर २ गते साँझ गोदावरीकी २२ वर्षीया एक विवाहित युवतीमाथि घर फर्किने क्रममा गोदावरी खोलामा सामूहिक बलात्कार भएको थियो। 

बलात्कार गर्ने बेला प्रतिवाद गर्दा युवतीको हात भाँचिएको थियो भने टाउकामा ढुंगा प्रहार गरी घाइते बनाएर बलात्कार गरिएको थियो। सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २२ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला भएको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *