स्वतन्त्र मधेस गठबन्धनले भन्यो, ‘सरकारसँग ‘फ्रि मधेस’ को मुद्दा त्याग्ने सहमति भएको छैन’

 

फागुन २८, काठमाडौँ । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग ‘फ्रि मधेस’ को मुद्दा त्याग्ने सहमति नभएको स्पष्ट पारेको छ । 

गठबन्धनको रुपन्देही कार्यसमितिले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको ११ बुँदे सम्झौतामा ‘स्वतन्त्र मधेस’ को मुद्दा त्याग्ने सम्बन्धमा सहमति नभएको स्पष्ट पारेको हो । 

null

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देहीका संयोजक भुपेन्द्र यादवले सरकारसँग भएको सम्झौतामा स्वतन्त्र मधेस वा स्वाराजको मुद्दा त्याग्ने विषयमा स्पष्ट केही नलेखिएका कारण आफूहरु शान्तिपूर्ण एजेण्डा अनुरुप अघि बढ्ने बताए । 

‘सरकारले यस विषयमा स्पष्ट केही लेखेको छैन । दुई नम्बर बुदाँले हामीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा जाने बाटोसमेत खुल्ला गरेको छ’, संयोजक यादवले भने, ‘जनताले स्वतन्त्र मधेसको नारा छाडेका छैनन्, उनीहरुले चाहे भने लिन सक्छन् ।’ 

यस्तै स्वतन्त्र मधेश गठबन्धनले रेशम चौधरीका लागि न्यायको पहल गर्ने पनि बताएको छ । ‘टीकापुर लगायतका घटनाहरु र रेशम चौधरी लगायतकाहरुलाई शान्तिपूर्ण मार्गबाट न्याय दिलाउन स्वतन्त्र मधेस अघि बढ्ने छ’, सरकार र गठबन्धनबीच ११ बुँदे सहमतिपछि पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

आफूहरुले आफ्नो बटमलाइन नबिर्सिएको भन्दै स्वतन्त्र मधेसको लागि निरन्तर अघि बढ्ने पनि गठबन्धनले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धनको लोकतान्त्रिक शक्तिलाई नेपाल सरकारले स्वीकार गरेको हुनाले जनअभिमतबाट समृद्ध मधेस निर्माण हुन्छ ।’ 

स्वतन्त्र मधेस गठबन्धनद्वारा जारी विज्ञप्ति:  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *