अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाँदै

काठमााडौं, ३ चैत्र । लामो समयदेखि बिरामी रहेकी पत्नी सीता दाहालको उपचारका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । प्रचण्डका साथ पत्नी सीता, छोरी गंगा तथा सीताको हेरचाह गरिरहेकी एक नर्स पनि अमेरिका जाँदैछन् । 

प्रचण्ड अमेरिका जानुअघि नै नेकपामा सांगठनिक एकता टुङ्ग्याउने प्रयत्न नेताहरूले गरेका थिए । तर, सो एकताको काम अझै सकिएको छैन । त्यसैले प्रचण्डलाई भ्रमण सार्न पार्टीभित्रबाट कतिपयले सुझाएका छन् । आफ्नो अमेरिका भ्रमणबारे प्रचण्डले अहिले नेताहरूसँग परामर्श गरिरहेका छन् । 

 

null

प्रचण्डका सहयोगी विष्णू सापकोटाले भने, सीता दाहाल, छोरीगंगा र सहयोगी नर्स साँझ ५ बजे अमेरिका जाने टुङ्गो छ । अध्यक्ष जाने वा नजाने १२ बजेसम्ममा टुङ्गो लाग्नेछ । 

प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन् । उनलाई यसअघि भारत, सिङ्गापुर लगायतका मुलुकमा धेरैपटक उपचार गराइसकिएको छ । एकमात्र छोरा प्रकाशको डेढ वर्ष अगाडी हृदयघातका कारण मृत्यु भएपछि उनी झन् विरामी परेकी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *