शोकमग्न टुँडिखेल ! (फोटोफिचर)

 

फागुन १७, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सैनिक मञ्च टुँडिखेलमा अहिले सामुहिक श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ । 

राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायतले टुँडिखेलमा पुगेर श्रद्धाञ्जली दिएका छन् । 

null

 

अहिले श्रद्धाञ्जली दिन टुँडिखेलमा घुइँचो लागेको छ । अहिले टुँडिखेल शोकमग्न बनेको छ । 

 

तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि त्यहाँ पुगेका मन्त्री अधिकारीसहित सात जना चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्ने खोला क्षेत्रमा दुर्घटना भएको थियो । 

 

पाथिभराको सिस्ने–खोला क्षेत्रमा उडानका क्रममा बुधबार करिब साढे १ बजे हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकारका युवराज दाहाल, इन्जिनियर नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो । 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *