मदीरा पिएको आरोपमा पक्राउ परेका पेरूका पूर्व राष्ट्रपति रिहा

 

चैत ६, सन फ्रान्सिस्को । पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो को क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदीरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले बताएको छ । 

आइतबार पक्राउ परेका तोलेदोलाई एकरात हिरासतमा राखी सोमबार बिहानै रिहा गरिएको थियो । 

null

सत्तामा रहेका समय पदीय दायित्वको दुरूपयोग गरी ल्याटिन अमेरिका कै सबैभन्दा ठूलो भनिएको भ्रष्टाचार गरेको आरोप पूर्व राष्ट्रपतिमाथि लागेपछि उनी सन फ्रान्सिस्कोमा बसोबास गर्दै आएका थिए । 

सन मेटियो काउन्टीको सेरिफ कार्यालयका प्रवक्ता रोजमेरी ब्लैंक्सवेडले तोलेदोको पक्राउबारे सोमबार भने, ‘७२ वर्षीय तोलेदालाई आइतबार राति मेनलो पार्क शहरको सान फ्रान्सिस्कोको सामुद्रिक क्षेत्रमा रहेको एक रेष्टुरेण्टबाट गिरफ्तार गरिएको थियो । उहाँलाई कुनै आरोपमा मुद्दा नचलाई सोमबार विहानै छोडिएको छ ।’ 

तोलेदोले सन् २००१ देखि सन् २००६ सम्म राष्ट्रपतिका रूपमा काम गरेका पूर्व राष्ट्रपति कार्यकाल पूरा गरेपछि स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने शिलशिलामा क्यालिफोर्निया बस्दै आएका छन् । 

पेरूमा पूर्व राष्ट्रपतिलाई गिरफ्तारीका लागी ३० हजार अमेरिकी डलर का पुरस्कार घोषित गरिएको छ । 

पूर्व राष्ट्रपति तोलेदोविरुद्ध राष्ट्रपतिका रूपमा रहेका समय ब्राजील को निर्माण कंपनी ओडेब्रेच्टसँग दुई करोड डलर घुस लिएको आरोप छ । यद्यपि उनले भ्रष्टाचार आरोपको खण्डन गर्दै आएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *