‘मलाई युवा रहिरहनु छ, कक्षामा फर्कन पाउँदा युवा महशुस गरीरहेको छु’


चैत १५, काठमाडौँ । सानै उमेरमा राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा अहिले अमेरिकामा छन् ।
नेता थापा नीजि भ्रमणका लागि नभइ हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न अमेरिका गएका हुन् ।
व्यस्तताका कारण प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने रहर अधुरो भए पनि सर्ट कोर्षबाट केही सिकेर राजनीति र देशको विकासमा टेवा पुर्याउने उद्देश्यले पढ्नका लागि अमेरिका पुगेका नेता थापाको पढाईको विषयमा नेपालस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएको छ ।
null
दुतावासले लेखेको छ, ‘हेर्नुस् त, कक्षामा को छ ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ। वहाँ भन्नुहुन्छ, ‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुस गरीरहेको छु। एकदमै रमाइलो लागेको छ।’
साथै दूतावासले रमाइलो सिकाइको कामना समेत गरेको छ ।
हार्वड विश्वविद्यालयमा अध्ययनका लागि दिएको आवेदन स्वीकृत भएपछि नेता थापा २ साताका लागि अमेरिका प्रस्थान गरेका हुन् । उनलाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो ।
सांसद थापा चैत ३० गते स्वदेश फर्कनेछन् ।
