अवैध हतियार बुझाउन सर्वसाधारणलाई सरकारको ३५ दिने अल्टिमेटम

 

फागुन ३०, काठमाडौँ । सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार ३५ दिनभित्र सरकारलाई बुझाउन आह्वान गरेको छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सर्वसाधारणलाई सरकारले सबै अवैध हतियार ३५ दिनभित्र बुझाउन आह्वान गरेको जानकारी गराएका हुन् । 

null

स्वचालित हतियार, कटुवा पेस्तोल, भरुवा बन्दुक लगायत विस्फोटक पदार्थहरु ३५ दिनभित्र प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाए सबै सजाय सजाय मिनाह हुनेछ । 

उनले विप्लव समूहलाई प्रतिबन्ध लगाएको पुष्टि गर्दै ‘आपराधिक तथा विध्वंशकारी’ घोषणा गरी प्रचलित कानुन अनुसार कारबाही गर्ने निर्णय गरेको जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *