आफैँ हिंसा मच्चाउँदै हिँड्ने प्रचण्ड विप्लवसँग डराएः भुपेन्द्रजंग शाही

 

चैत १, कपिलवस्तु । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल डरछेरुवा भएको बताएका छन् । 

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्रीय समितिद्वारा यशोधरा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवको धम्कीबाट मरिन्छ कि भनेर डराउने अध्यक्ष प्रचण्ड डरछेरुवा भएको बताएका हुन् । 

null

सरकारले आतंककारी गतिविधि मच्चाएको भन्दै विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विगतको द्वन्द्वतर्फ संकेत गर्दै हिजो आफैँ हत्या हिंसा मच्चाउँदै हिँड्ने प्रचण्ड आज मरिन्छ कि भन्दै अत्तालिएको बताए । 

सीके राउतसँग ११ बुँदे सहमति गरेपछि पार्टीभित्रैबाट आलोचना भइरहेका बेला गत मंगलबार आपराधिक समूह ठहर गर्दै विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति नेकपाभित्र तीव्र अन्तुष्टि बढ्दै गएको छ। 

पार्टीमा कुनै सल्लाह र छलफल नै नगरी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले निर्णय गरेको भन्दै पार्टीका अधिकांश नेताहरुले विरोध जनाइरहेका छन् । 

सरकारले हतारमा सो पार्टीमाथी प्रतिबन्ध लगाएर अपरिपक्कता देखाएको उनीहरुको भनाइ छ । फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लवको पार्टीलाई आपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *