विद्यार्थी ठग्ने गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक पक्राउ
फागुन २३, काठमाडौँ । गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष खनालसहित दुई जना पक्राउ परेका छन् ।
सरकारले निर्धारण गरेको अध्यापन शुल्कभन्दा बढी रकम लिएर विद्यार्थीलाई ठगी गरेको आरोपमा सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मीप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
null
कलेजले ठगी गरेको भन्दै बुधबार विद्यार्थीले सञ्चालकसहित १६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।
सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ। तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ।
कलेजले लिएको रकम रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्क मात्र लिनुपर्ने लगायतका मागहरु राखी उक्त कलेजमा अध्ययनरत असन्तुष्ट विद्यार्थीहरूले गत माघको दोस्रो सातादेखि विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्।