राजपाद्वारा आज पनि संसद अवरुद्ध

 

चैत ४, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले सोमबारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको छ । 

मधेश तथा थारुहट आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले गठन गरेको न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गरेको हो । 

null

राजपाले आइतबारको संसद पनि अवरुद्ध गरेको थियो । 

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उभिएर संसद अवरुद्ध गरेका हुन् । सांसदहरुले संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *