धरानमा आज हाेली यसरी खेल्दै
चैत ७, धरान । फागु पुर्णिमाको अवसरमा हिजो राजधानी सहित पाहाड, हिमाली जिल्लाममा होली मनाएसँगै होलीको आज दोश्रो दिन तराईको फाटमा रंगिएर होली मनाइदैँछ । भित्री मधेशका कतिपय जिल्लामा भने होली दुबै दिन मनाउने गरिन्छ ।
null
रङ दलेर होली एक आपसमा भाइचाराका साथ खुशी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो । तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी लाेला हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जर्वरजस्ती रङ दल्ने लगायत उच्छृङ्खल गतिविधि देखिने गरेकाे पाइन्छ । यस्ता विकृतिले कतिपय लडेर त कतिकाे आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।
धरानमा होलीको अवसरमा आज हरेक चौक गल्लीहरुमा बालबालिका देखि तन्नेरी र विदेशीहरु समेत रमाइ रहेका छन् । प्रेम र सद्भावको पर्वका रुपमा मनाईने होली पर्व हर्षउल्लासका साथ मनाइन्छ ।
धरानको भानुचाेक देशीलाईन, बगरकोट,पुतली लाईन रागा चौक,छाता चौक,जीरो पोईन्ट,बिपी क्यमम्प लगायतका क्षेत्रहरुमा होली खेल्नेको ठूलो जमात रहदै आएको छ । यसैबीच केहि संघ संस्थाहरुले सामुहिक होलीको आयोजना गरेका थिए भने नेपाल पत्रकार महासंघले पनि आफना कार्यलय धरान १३ मा बिहान ११ बजेबाट भेला भई होली मनाएका थिए ।
उता धरानका ईलाका प्रहरी कार्यलय होलीका अवसरमा धरानमा कुनै अप्रिय घटना घट्न नदिन सुरक्षा स्थिति बाक्लो पारिएको छ । ठाउँठाउँमा ट्राफिक प्रहरी र जनपद प्रहरीले सवारी साधन चेकजाँच कडा बनाएका थिए । भने रङको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि धरान प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको थियो ।
धरानमा गत बुधबारदेखि अभियान शुरु गरेको इलाका प्रहरी कार्यलय, धरानका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए । डीएसपी तिम्सिनाका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियान मार्फत प्रचारात्मक र्यालीसहित माइकिङ, मोबाइल गस्ती गरेका थिए भने तिम्लसीनाले होलीमा उच्छृङखलता देखियो भने कारवाही हुने चेतावनी समेत दिनुभएको थियो ।
समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतको भन्दा घटना न्यूनीकरण हुने तिमल्सीनाको भनाइ छ । इलाका प्रहरी कार्यलय धरानले होलीलाई मध्यनजर गरेर बगरकोट, घोपा, विष्णुपादुका, जिरोपोइन्ट र तीनकुने गरी धरानका ५ ठाउँमा चेक पोइन्ट स्थापना गरेको छ । डिएसपी तिमल्सिनाका अनुसार प्रत्येक चेक पोइन्टमा चार जना प्रहरी सादा पोसाकमा परिचालन गरिएको छ ।
चेकपोइन्टमा मापसे चेकिङलगायत सुरक्षा चेकिङका कारबाही हुनेछन् । शान्ति सुरक्षाका लागि धरानमा तीन वटा सवारी साधन परिचालन गरिएको थियो ।