राप्रपा संयुक्त जिल्ला कार्यसमिती चितवनको आयोजनामा कार्यकर्ता भेला हुँदै

चितवन, २४ फागुन । राप्रपा संयुक्त जिल्ला कार्यसमिती चितवनको आयोजनामा भोलि फाल्गुण २५ गते शनिबार भरतपुरस्थित जिल्ला पार्टी कार्यालयको सभाहलमा कार्यकर्ता भेला हुने भएको छ । भोलि दिउँसो १२ः३० बजे शुरु हुने जिल्लास्तरीय कायकर्ता भेला कार्यक्रमलाई राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपती शमशेर राणा र डा प्रकाश चन्द्र लोहनीका साथै केन्द्रिय उपाध्यक्ष एवं पुर्वमन्त्री बिक्रम पाण्डे लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गर्नु हुने नेतृ रिना गुरुङ्गले जानकारी दिइन् । 

 

राप्रपा संयुक्त जिल्ला कार्य समिती चितवनका अध्यक्ष विष्णु वाग्लेका अनुसार कार्यक्रममा अन्य केन्द्रिय नेताहरुको समेत उपस्थिती रहने छ । साथै, जिल्लावासी सम्पुर्ण कार्यकर्ता शुभेच्छुक र राष्ट्रबादी नागरिकहरुलाई सो कार्यक्रममा सहभागीताका लागि आग्रह गरेकी छिन् । 

null

गत, माघ १८ गते अध्यक्ष राणाले नेतृत्व गर्नुभएको राप्रपा प्रजातान्त्रिक र डा लोहनीले नेतृत्व गर्नु भएको एकिकृत राप्रपा ९राष्ट्रबादी० बिच औपचारिक रुपमा पार्टी एकताको घोषणा भएर राप्रपा संयुक्तको गठन भएको हो । पार्टीले हिन्दु राष्ट्र र राजसंस्थाप्रति झुकाव राख्ने शक्तिहरु बलियो हुँदै गएको प्रदेशसभा सदस्य एवम् पार्टीकी नेतृ रिना गुरुङ्गले जानकारी दिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *