आफ्ना भाइ अनिललाई जेल जानबाट यसरी बचाए मुकेश अम्बानीले

 

चैत ५, नयाँ दिल्ली । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । 

भारतका सबैभन्दा धनी मुकेशले आफ्ना भाइ अनिलको ५.५ विलियन तिरेर उनलाई जेल जानबाट बचाएका हुन् । 

null

अनिलको रिलायन्स कम्पनीले इरिक्सन कम्पनीलाई ५.५ विलियन पैसा तिर्नुपर्ने थियो । भारतको सर्वोच्च अदालतले पैसा तिर्न आदेश दिएको थियो ।  उनले तोकिएको समयमा पैसा तिर्न नसकेपछि अनिललाई अदालतले थप चार महिना जेल सजायको फैसला सुनाएको थियो । तर मुकेशले पैसा तिरेर भाइलाई जेल जानबाट जोगाएका हुन् । 

आफ्नो ऋण तिरिदिएपछि अनिलले आफ्नो नराम्रो समयमा साथ दिएको र पारिवारिक मूल्य मान्यतामा अडिग रहन सक्ने क्षमता प्रदर्शन गरेकोमा दाइ मुकेश र भाउजु निताप्रति आभारी रहेको बताएका छन्। 

मुकेश र अनिलका बुवा धिरुभाइ अम्बानीको मृत्युपछि सम्पतिलाई लिएर उनीहरु बीचको सम्बन्ध बिग्रिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *