अझै ओभाएनन् ती आँखा…

 

पर्यटनमन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेका धर्मपत्नी र छोरा 

फागुन १७, काठमाडौँ । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको धर्मपत्नी र छोराले पनि टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् । 

null

ताप्लेजुङको सिस्ने खोला क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका सातै जनालाई मन्त्री अधिकारीका धर्मपत्नी विद्या अधिकारी र जेठा छाेरा विराज अधिकारीले टुँडिखेल पुगेर मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । कान्छा छोरा सरोज अधिकारी भने बुधबार नै पोखरा फर्किसकेका छन् । 

दुर्घटनामा दिवंगत भएका मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिन शुक्रबार सर्वसाधारणदेखि राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरु टुँडिखेल पुगेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातै जनालाई टुँडिखेल पुगरे श्रद्धाञ्जली अर्पण गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *