‘केपी–बादल’ कम्पनीले दमन गरेमा त्यसको मुखतोड जवाफ दिन्छाैँः विप्लव

 

फागुन ३०, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले लगाएको प्रतिबन्धको मुखतोड जवाफ दिन तयार रहेको बताएको छ । 

सरकारले आफ्नो गतिविधिमा प्रतिबन्ध लगाएपछि पहिलो पटक प्रतिक्रिया दिँदै विप्लवले यस्तो बताएको हो । ‘केपी—बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रूपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौँ’, विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

null

विप्लवले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय आपराधिक, षड्यन्त्रकारी र हास्यास्पद रहेको प्रतिबन्धलाई देश बेचेर खाने दाउको संज्ञा दिएको छ । ‘क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पूँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीहरूमाथि फाँसीवादी दमन, सत्ता लादिन्छ र त्यसकाविरुद्ध प्रतिरोध सङ्घर्ष बाध्यकारी बन्छ भन्ने सवाल हामीले बुझेकै विषय हो,’ विज्ञप्तिमा भनिएको छ । 

विप्लवले आफ्नो पार्टीमाथि २०७२ सालदेखि अघोषित प्रतिबन्ध लगाएको जनाएका छन्। ‘हामीले २०७२ सालमा प्रतिगामी संविधान अस्वीकार गरेदेखि नै हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको थियो । कथित संसदीय चुनावहरूको बहिष्कार गरेपछि त गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रियो । हालसम्म हाम्रा तीनजना कार्यकर्ताको सहादत भइसकेको छ भने दर्जनभन्दा बढी कमरेडहरू घाइते हुनुहुन्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

आफ्नो पार्टीलाई नभइ राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘झापा विद्रोह र दश वर्षको महान् जनयुद्धका हुजारी शहीद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका बैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाउनुपर्ने विप्लवको भनाइ छ । 

मन्त्रिपरिषद्को निर्णयलाई ‘षड्यन्त्रकारी तर हास्यास्पद’को संज्ञा दिँदै विप्लवले भनेका छन्, ‘यही फागुन २८ गते साँझ केपीको मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ र केपी–बादल कम्पनीको यस कुकर्मप्रति जनताको चासो हुनु स्वाभाविक छ । सबै नेपाली नागरिकलाई थाहा छ एमाले, काङ्ग्रेस, भारतसँग प्रचण्डहरूले टाउको लतारेपछि, उनीहरूले क्रान्ति बेचेर दुई दिनको चोलालाई बचाउन क्रान्ति, जनता, कम्युनिस्टहरूप्रति गद्दारी गरेपछि हामीले उनीहरूविरुद्ध विद्रोहको झन्डा उठाएका थियौँ।’ 

अरुण ३, एनसेल, म्यानपावर सप्लाई कम्पनीमाथिको कारबाही आफूले नै गरेको विप्लवले प्रष्ट पारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *