परीक्षा रद्द भएपछि विद्यार्थीद्वारा टायर बालेर विरोध प्रदर्शन
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ चैत १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
काठमाडौँ, १५ काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् । एसईई परीक्षा रद्द गरेको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
शुक्रबारको परीक्षा रद्ध भएपछि घर फर्किन बाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रर्दशन गरेका हुन् । सामाजिक सन्जालमा सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो भने बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।
विद्यार्थीको प्रर्दशनका कारण यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
null
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित