यस्ता छन्, शुद्ध महका १० फाइदा (भिडियाे सहित)

 

कलकल साबुन, सर्फ, शुद्ध तोरीको तेल, आलसको तेल उत्पादन गरेपछि कलकल ग्रुपले बजारमा ल्याएको छ शुद्ध मह । मह पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो पदार्थ हो । मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो मह । मह कहिल्लै नविग्रने खाद्य पदार्थ हो । 

भर्खरै बजारमा ल्याएको कलकल मह प्राकृतिक तवरले तयार पारिएको छ । बजारमा उपलब्ध सबै मह प्राकृतिक र सुद्ध हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । तर, कलकल ग्रुपले उत्पादन गरेको मह भने शतप्रतिशत शुद्ध रहेको छ । कलकल ग्रुपले विभिन्न मौरी ब्यवसायीबाट डाइरेक्ट मौरीका चाका संकलन गरेर त्यसमा कुनैपनि वस्तु नमिसाई मह तयार पार्ने गरेको छ । 

null

मह मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायक चिज हो । शुद्ध मह दैनिक रुपमा सेवन गर्दा हाम्रो शरीर स्वस्थ राख्न मात्र मद्दत गर्दैन, रोग सँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति समेत बृद्दि गर्दछ । 

आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रुपमा लिएको छ । महमा पोषक तत्वको भण्डार हुन्छ । रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन् । यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन, आइरन आदि पाइन्छ । 

 

१) दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमतासमेत बढ्छ । 

२) दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । दम रोगीका लागि मह लाभदायक छ । 

३) उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ । 

४) रक्त शुद्घीकरण गर्नलाई पनि मह प्रभावकारी मानिन्छ । यसको नियमित सेवनले पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमकआउँछ । 

५) पाचन प्रणाली मजवुत बनाउन महको सेवन उपयुक्त हुन्छ । महको नियमित सेवनले आन्द्रा र मृगौलासमेत स्वस्थ रहन्छन् । 

६) घाँटी खसखसाए, रुघाखोकी लागे मह मिसाएको चिया वा तातो कागतीपानी खाँदा प्रभावकारी हुन्छ । 

७) दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ । निद्रा राम्ररी लाग्न थाल्छ । 

८) सामान्य रुघाखोकीमा समेत मह प्रभावकारी पाइएको छ । 

९) महले रगतमा पोलिफोनिक एन्टीअक्सिडेन्टको स्तर बढाउँछ जसले गर्दा तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ । 

१०)महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ । राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी डढ्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *