धरानमा ३० वर्षिय रितेश शव घाँटी रेटिएको अवस्थामा फेला

  

 

फागुन २८, काठमाडौँ । धरानमा साईकल पसल संचालन गर्दै आएका एक व्यापारीको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । स्थानीय मदन कर्मचार्यको घरमा डेरा बस्दै आएका मृतक ३० वर्षिय रितेशप्रसाद देव बिगत १२ वर्ष देखी धरान –९ स्थित आचार्य लाईनमा साईकल पसल संचालन गर्दै आई रहेका थिए । 

null

उनको शव आफ्नै पुजा कोठामा घाटि रेटिएको अवस्थामा फेला परेको र घटनास्थलमा तरकारी काट्ने हतियार समेत भेटिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सीनाले उनको हत्या भएको हो वा उनले आत्माहत्या गरेका हुन् अनुसन्धानपछी मात्र खुल्ने जानकारी दिएका छन् ।घटनाको प्रकृती हेर्दा शंखात्मक देखिएकोले घटना स्थललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिसकेेका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *