सावधान पेट लगातार दुखी रहन्छ भने यी जटिल राेग हुन सक्छ
चैत्र १४ काठमाडाैँ । कहिले काही पेट दुख्नु सामान्य कुरा हो यो कुरालाई हामी त्यती ध्यान पनी दिदैँनौ । कहिलेकाही खराब खानपानको कारणले पेट दुख्ने हुन्छ । आजभोली एसिडिटी र पेट दुख्ने समस्या सामान्य बनी सकेको छ ।
तर धेरै पल्ट पेट दुखेमा हामीले समयमा नै ध्यान दिनु पर्ने हुन्छ डाक्टरलाई चेकअप गराउँनु पर्ने हुन्छ । तर हामी कतिको बानी हुन्छ यसरी पटक पटक पेट दुख्दा पनी हामी त्यती वास्ता गर्दैनौ डाक्टरको नदेखाई एकछिन निको हुने बिभिन्न औषधीहरु सेवन गर्छौ यो निकै खराब बानी हो । यसरी लगातार पेट दुखी रहन्छ भने हामीलाइ कुनै गम्भिर रोग लागेकाे पनि हुन सक्छ । लगातार पेट दुखी यी तल दिइएकाे राेगकाे लक्षण पनी हुन सक्छ ।
null
कब्जियत – लामो समयसम्म पेटमा खराबी उत्पन्न भएमा पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थमा कब्जियत हुनसक्छ ।
पखाला – पाचन प्रक्रिया गडबढ भएपछि पखाला चल्ने समस्या उत्पन्न हुन्छ ।
पेप्टिक अल्सर – लामो समयसम्म पेट खराब भइरहेमा पेप्टिक अल्सर हुनसक्छ । यस समस्यालाई ध्यान नदिएमा पेटमा ‘ब्लिडिङग इन्फेक्सन (रगत बग्ने) र क्यान्सरको आशंका बढ्छ ।
ग्यास्ट्रिक एसिड रिफ्लक्स – पेट खराब भएपछि आवश्यकभन्दा बढी एसिड बन्न थाल्छ । लामो समयसम्म एसिड (अम्ल) रहिरहेमा ग्यास्ट्रिक रिफ्लक्सको समस्या हुन थाल्छ ।
हेमोरोइड्स – लामो समयसम्म पेट बिग्रिरहने भएमा हेमोरोइड्स अर्थात् मलद्धारका रक्तनलीहरु सुन्निने समस्या हुन सक्छ । यस्तो अवस्थामा एकदम पेट दुख्ने र दिशामा रगत देखिन सक्छ ।
पेट सुन्निने – पेटमा खराबी भएका कारण पेटको तल्लो भागमा दुखाई र ज्वरो आउने हुन्छ । उमेर बढ्दै जाँदा यसको खतरा पनि बढ्दै जान्छ ।
बाउल डिजीज – पेट खराब हुँदा पेटको तल्लो भागमा दुखाई हुन थाल्छ । यस्तो अवस्थामा रोग्र प्रतिरोध क्षमता कमजोर हुन्छ, जसमा बाउल (आन्द्रा) को रोगको खतरा बढेर जान्छ ।