सम्झौताको २ नम्बर बुँदामाथि कमल थापाको प्रश्नः जनअभिमत भनेको के हो ?

 

फागुन ७, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौताका विषयमा प्रश्न उठाएका छन् । 

राप्रपा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा आइतबार दिउँसो नेपालगञ्जको त्रिभुवन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारसँग भएको सम्झौताको २ नम्बर बुँदामा उल्लेखखित ‘मधेसको माग जनअभिमतबाट पूरा गर्न सकिने’ भन्ने कुरालाई स्पष्ट पार्न सरकारसँग माग गरे । 

null

सिके राउत र सरकारबीच भएको सहमतिको २ नम्बर बुँदामा ‘हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवम् लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ छौँ । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ’, भन्ने उल्लेख छ ।  

नेपालको राष्ट्रिय अखण्डता, स्वाधिनता र स्वतन्त्रता चुनावबाट फैसला हुन नसक्ने स्पष्ट पार्दै उनले ‘गृहमन्त्रीले जनमत संग्रह हामीलाई स्वीकार छैन । जनअभिमतको कुरा गरेका हौँ भन्नुभयो । जनअभिमतबाट भनेको के हो ?’ भन्ने प्रश्न गरे । 

सिके राउतले इमान्दारीपूर्वक राष्ट्र विखण्डनको एजेण्डा परित्याग गरेको कुरा स्वागत योग्य रहेको उनकाे  भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *