सुनसरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

 

फागुन २४, काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजमा माेटरसाइकल र हाईस ठाेक्किँएर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

शुक्रबार करिब साढे २ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प २०५१ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आएको बा५फ ७११६ नम्बरको हाईसले कोशी ब्यारेजस्थित नेहरु पार्क नजिक ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । 

null

मृत्यु हुनेमा मोटरसाईकलको पछाडी सवार सप्तरीको सप्तकोसी नगरपालिका ३ फत्तेपुर बस्ने ६० वर्षीय अमरबहादुर थापा रहेको प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले जानकारी दिए । 

मृतक थापाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने ठक्कर दिने हाईस र चालक प्रहरी नियन्त्रणमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *