ट्रान्सपरेन्सी ईन्टरनेशनलको सुशासन कायम बिषय प्रतिबेदन सार्वजनिक

फागुन २०, चितवन । ट्रान्सपरेन्सी ईन्टरनेशनलको कार्यक्रम एलाक डिपी सम्झौता भए पछि जिल्लामा कस्तो सुशासन कायम रहेको छ भन्ने जानकारी सहित २०७५ को प्रतिवेदन चितवनमा आईतबार सार्वजनिक गरिएको छ । 

२०७० सालमा चितवनको जिल्ला प्रशासन, मालपोत र तत्कालिन जिल्ला विकास समितिमा सम्झौता पछि हरेक वर्ष टान्सपरेन्सी ईन्टरनेशनलले चितवनको भष्ट्राचार विरुद्धको अभियानसंँग सहकार्य गरी यस्तो प्रतिवेदन सार्वजानिक गर्ने गर्दछ । 

२४ जिल्लाको २५ संघसंस्थाले स्थानीय स्तरमा एलाक डिपी सम्झौता भएका कार्यालयहरुसंँग सम्बन्धीत रहेर तयार पार्ने प्रतिवेदन चितवनमा संचारकर्मी राजु थापाले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार सेवाग्राहीलाई सुविधा दिने सवालमा केही सहज आए पनि प्रविधिका कारण ढिला सुस्ती अझै कायम रहेको ,वडापत्रको ज्ञान सर्वसाधारणलाई अझै पुर्याउन नसकिएको , अनुगमन र निगरानी अझै बढाउन नसकिएको पाईएको थियो । 

null

चितवनका २ कार्यालय जिल्ला प्रशासन र मालपोतमा आएका ५३ जना र कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि ७ जना गरी ६० जनासंँग गरिएको सर्वेक्षणलाई २५ दिन लगाएर तयार पारिएको हो । टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीको प्रमुख आतिथ्थमा भएको प्रतिवेदन सार्वजानिक तथा छलफल कार्यक्रममा रेग्मीले कुनै पनि निकाय पारदर्शिता र जवाफदेहिता नभए भष्ट्राचार बढ्ने बताए । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सुशासनको लागी ५ प्रतिशत कर्मचारीलाई मात्र दोषी देखेर नहुने भन्दै ९५ प्रतिशत निजी क्षेत्र पनि सुध्रिनुपर्ने बताए । आफ्नो ९० प्रतिशत करतुत जोगाउन कर्मचारीलाई १० प्रतिशत प्रलोभन देखाउने प्रवृति बन्द हुनुपर्ने उनको तर्क थियो । 

छलफल कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, मालपोत कार्यलयका अधिकृत भागिरथ रेग्मी, नेपाल पत्रकार महासंँघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, चितवन उद्योग संँघका अध्यक्ष भेषराज दुवाडी, उद्योग बाणिज्य संंघ चितवनका अध्यक्ष सहनलाल प्रधान, देवधाट क्षेत्र विकासका सदस्य नवराज ढकाल, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नागरिक निगरानी समुहका उपाध्यक्ष टेक बहादुर थापा, अभियानका उपाध्यक्ष डा. ईश्वरी लौडारी, शालिकराम पौडेल, निलकष्ठ ढुंगाना, टिआई नेपालका प्रशासकीय अधिकृत टि.एन घिमिरे , भष्ट्राचार विरुद्ध अभियानको सहयोगी समुहका सवै वडाका संँयोजकहरुले आफ्नो विचार ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *