यस्ता छन् स्वतन्त्र मधेश गठबन्धनको बैठकले गरेका ५ निर्णयहरु

 

 चैत ४, काठमाडौँ । सिके राउत नेतृत्वको राष्ट्रिय परिषद्को बैठकले स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन गरेर ‘जनमत पाटी’ राख्ने निर्णय गरेको छ । 

मधेस विखण्डनको मृद्दा त्यागेर सरकारसँग ११ बुँदे सहमति गरेका सिके राउतले पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेका हुन् । बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति पनि गठन गरेको छ । 

null

यस्तै पार्टीको झण्डा पनि परिवर्तन गरिने भएको छ । जनमत पार्टीको झन्डामा रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप), बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । 

पार्टीको लोगोको रुपमा अष्टदलको छेउमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहनेछ। पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने बैठकले निर्णय गरेको छ। 

यस्तै बैठकले ११–बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेस गठबन्धनका समर्थकमाथि लगाइएका मुद्दा फिर्ता लिन पहल गर्नका लागि चन्दन सिंहको संयोजकत्वमा ३–सदस्यीय सहमति कार्यान्वयन समिति निर्माण गरिएको छ। 

जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *