दिवंगत भरतमोहन अधिकारीको शरीरमा पार्टीको झण्डा, अन्त्येष्टि पशुपति आर्यघाटमा

 

१९ फागुन, काठमाडौं । ‘आफ्नो गाउँ आफैं बनाऔं’का नायक भरतमोहन अधिकारीको पार्थिव शरीर यतिबेला नेकपा पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जलीका लागी राखिएको छ । गए राती अधिकारीको ८२ वर्षको उमेरमा ह्याम्स हस्पिटलमा निधन भएको थियो ।  

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् । 

null

अधिकारीको सम्मानमा मौनधारण समेत गरिएको थियो । अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने र, त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।दिवंगत अधिकारी प्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपाका नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ । 

 

नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । साथै यही फागुन २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत नेकपाले गरेको छ । 

२०४७ सालको संविधानको मस्यौदाकार अधिकारी २०५१ मा बनेको तत्कालीन एमालेको नौ महिने सरकारमा अर्थमन्त्री थिए ।  

त्यतिबेला वृद्धभत्ता वितरण र आफ्नो गाउँ आफैँ बनाऔंलगायतका कार्यक्रम लागू गरेका थिए । उनी चार पटक अर्थमन्त्री, एक पटक यातायात तथा निर्माणमन्त्री, चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख भइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *