इजरायलले गाजा क्षेत्रमा गएराति हमास लक्षित आक्रमण गरे

 

चैत १, जेरुसलेम । इजरायलले गाजा क्षेत्रमा गएराति हमास लक्षित एकसय भन्दा बढी हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी क्षेत्रबाट आर्थिक राजधानी तेल अभिभ समेतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई आक्रमण गरिएको इजरायलले बताएको छ । 

“लडाकू विमान, हेलिकप्टर र अरु विमानको सहयोगमा गएराति १०० भन्दा बढी हमासका लडाकूलाई लक्षित गरी आक्रमण गरिएको छ,” इजरायली सैनिकले जारी गरेको वक्तव्यमा उल्लेख छ । सेनाले पश्चिमी किनारामा लडाकू परिचालनको संयोजन गर्न हमासले प्रयोग गरिरहेका शंकास्पद कार्यालय भवनमा पनि आक्रमण गरिएको जनाएको छ । 

null

गाजा स्थित एक सुरक्षा स्रोतले हमास र यसको सहयोगी संगठन इस्लामिक जिहादका अरु महत्वपूर्ण स्थानहरुमा पनि आक्रमण गरिएको बताएको छ । स्रोतका अनुसार इजरायली आक्रमण ४० भन्दा बढी स्थानमा गरिएको छ । गाजा क्षेत्रको रफाहमा एउटा घर ध्वस्त भएको छ । स्थानीयबासीले इजरायली आक्रमणलगत्तै प्यालेस्टिनी क्षेत्रबाट पनि क्षेप्यास्त्रहरु प्रहार गरिएको जनाएका छन् । 

शुक्रबार बिहानै दक्षिण इजरायलमा आपतकालीन साइरनहरु बजाइएका थिए । इजरायली सेनाले गाजा क्षेत्रबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिएको जनाएको छ । गाजाबाट प्रहार गरिएका अरु क्षेप्यास्त्रबाट कोही पनि इजरायली नागरिक घाइते नभएको इजरायली गृह मन्त्रालयले उल्लेख गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *