सर्वोच्चले सोध्योः हेमन्तप्रकाश वलीलाई किन थुनेको ?

 

चैत्र १४, काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका नेकपा (विप्लव) समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई अदालतमा हाजिर गराउन सर्वोच्चले आदेश दिएको छ । 

बिहीबार नेता हेमन्तप्रकाशकी छोरी विपनाले सरकारले गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन् । सोही रिटको सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो निर्णय गरेको हो । सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ समेत मागेको छ । 

null

ओलीलाई यही चैत ९ गते पार्टीको कार्यक्रममा सहभागी भइ काठमाडौँ फर्कने क्रममा सादा पोसाकमा रहेका प्रहरीले पक्राउ गरेको थियो । 

सरकारले फागुन २७ गने नेकपा (विप्लव) समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवका कार्यकर्तालाई धमाधम पक्राउ गर्ने क्रम थालेको थियो । प्रहरीले यसबीचमा ४४ जिल्लाबाट विप्लवका १ सय ८४ नेता–कार्यकर्ता पक्राउ गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *