प्रांगारिक खेतीका लागि कार्यनिति बनाईदै
चैत १० चितवन । प्रागारिक खेतीलाई प्रर्वधन गर्न कार्यनिति वनाउन गठित राष्ट्रिय स्तरको कार्यदलले देशका विभिन्न क्षेत्रमा पुगेर किसानहरुसँग राय सुझाव संकलन गरिरहेको छ ।
यसै क्रममा आईतवार सो कार्यदलले चितवनको खैरहनीका किसानहरुसँग सुझाव संकलन गरेको छ । वढ्दो रासायनिक विषादीलाई न्युनिकरण गर्दै प्रागारिक खेती तर्फ उन्मुख गराउन कृषि मन्त्रालयले कार्यनिति बनाउन करिब डेढ महिना अघि सो कार्यदल वनाएको थियो । कार्यदललाई चार महिना भित्र देशका विभिन्न क्षेत्रमा पुगेर राय,सुझाव संकलन तथा अध्ययन गरी प्रतिवेदन वुझाउन सयम दिईएको कार्यदल सदस्य एवंम् खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिए ।
null
प्रागारीक खेती गर्दा २,३ वर्ष उत्पादन कम हुने भएकाले यसका बारे सरकारले किसानका लागि क्षती व्यहोर्नु पर्ने लगायतका के के समस्या रहन्छन्,त्यसमा राज्यले ध्यान दिनु पर्ने कार्यदल सदस्य चौधरीले वताए । खैरहनीमा आयोजित अन्र्तक्रियामा किसानहरुले प्रांगारिक खेतीको जिम्मेवारी राज्यले लिनु पर्ने गरी निति वनाउन सुझाव दिए । कृषि मन्त्री चन्द्र प्रकास खनालको संयोजकत्वमा सहसचिव गंगा आचार्य सदस्य सचिव रहने गरि वनाईएको कार्यदलले वनाएको निति मन्त्री परिषदले पारित गरेपछि लागु हुनेछ । ।रासायनिक विषादीको प्रयोगका कारण सवै क्षेत्रमा असर गरेको भन्दै यसलाई निरुत्साहित गर्न कार्यनिति वनाउन लागिएको सदस्य सचिव गंगा आचार्यले वताए ।