अमेरिकी डलर सहित दुई पक्राउ

फागुन २१, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ लैजान लागेको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ का सरला खड्का र काठमाडौँ महानगरपालिका–१६ बस्ने रिङ्कु गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

नेपाल एयरलाइन्सको उडानद्वारा सोमबार बैंकक जान लागेका उनीहरुलाई परीक्षण गर्ने क्रममा अवैधरुपमा लैजान लागेको उक्त अमेरिकी डलर सहित पक्राउ गरिएको प्रहरीले आज सार्वजनिक गरेको हो । 

उनीहरुमध्ये खड्काको साथबाट ३५ हजार ६५० र गुरुङको साथबाट ३३ हजार ९०० अमेरिकी डलर बरामद भएको र आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *