कैलालीमा होली खेल्दा बियरको बोत्तल सहित सडकमा युवाहरु, २५ जना पक्राउ

२०७५ चैत ८ गते

चैत्र ७,कैलाली । होली पर्व मनाउँदा उश्रृङखल गतिविधि गर्ने थप २५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाभरी होली मनाउँदा उश्रृङखल गतिविधि गर्ने २५ जनालाई पक्राउ गरिएको हो। बुधवार १० जनालाई पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ परेका २५ जना मध्ये ६ जना बियरका बोत्तल सहित सडकमा भेटिएका युवाहरु रहेको बताए। १९ जना भने अस्लिल गतिविधिमा संग्लन भएकाले पक्राउ गरिएको उनले बताए।
पक्राउ परेकाहरुलाई घटनाको गाम्भिर्यता हेरेर मुद्धा चलाउने वा आफन्तको जिम्मा लगाउने भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
null

२०७५ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित