शनिबारीयः लफिङ र क्यापुचिनो
चैत्रको आगमनले अलिअलि गर्मी बढाइरहेको अवस्था थियो । त्यो दिन बिहानको मौसम ठीक ठाक नै लागिरहेको थियो त्यसैले बिना कुनै तयारी म आफ्नै काममा निस्किएको थिएँ । मेरो घरदेखि गन्तव्य सम्मको दूरी लगभग १० किलोमिटर जति मात्रै थियो । आफ्नो स्कुटरमा भरी पेट्रोल हालेर म आफ्नो गन्तव्य तिर लागेँ ।
ओहो त्यो प्रतिस्परधात्मक बजारमा म आफुलाई बिकाउन अब नयाँ तौरतरिका अपनाउनु पर्ने जस्तो देखिएको थियो । काम गरी खान पनि सार्है गार्हो हुँदै गइरहेको महशुस भई रहेको थियो । बल्ल बल्ल सम्पूर्ण सामानहरू बेचेर पैसा बटुलेर म घर फर्किन तयारी गर्दै थिए । इष्टमित्र सबै सित बिदा मागेर घर फर्किने क्रममा लगभग १ किलोमिटर जति पर मात्रै पुगेको थिएँ । अचानक घनघोर वर्षा भयो र ओट लाग्न हतार हतार एक ठाउँमा छिरी हालें । त्यो क्याफेको नाम के पाे थियो याद भने गरिन । एकातिरको भित्तामा तिब्बती परिकार लफिङको फोटाहरु तासिएका थिए भने अर्को तिरको भित्ता इटाली क्यापुचीनो कफीका फोटाहरुले भरिएको थियो ।
null
त्यो क्याफेको पाहुना म मात्रै थिएँ र सम्मुन्ने अन्दाजी २५-२६ की जस्तो देखिने क्याफेकी मालिक्नी पनि थिइन । गोरो सुन्दर अनुहारले पुरै क्याफे नै उज्यालो बनाएको थियो । एकछिन टोलाएर उनीलाई हेरिरहें । निडर भई खुरुखुरु उनी बसेकै अगाडिको टेबुलको छेउको कुर्सी मै गई बसेको सायद उनीलाई अप्ठेरो लागेछ या त मन परेन । ठूलो स्वरले तपाईं यता अगाडि बस्नु न भनिन् । प्रतिउत्तरमा मैले पनि सानो स्वरले बोल्नु न मलाई यही सजिलो लाग्यो तपाईं असजिलो नमान्नु न भनें ।
कस्तो सुन्दर मुहार तर उनको रुखो जस्तो लाग्ने बोलीले एकछिन त मलाई पनि असजिलो लागेको थियो । मेरो आग्रहमा सानो स्वरले तपाईं के खानु हुन्छ भनेर उनीले सोध्दा बल्ल अलि सजिलो र आत्मीय महशुस भएको थियो । अब मैले पानी परेकोले बास लिन आएको भनेर पनि भन्न सकिन । जवाफमा जिस्किँदै हजुरले जे खुवाउनु हुन्छ त्यै खान्छु भनें । न अहिले सम्म त्यो लफिङ खाएको थिएँ न त चिया कफी खाने मेरो बानी नै थियो ।
लफिङ खानु न है भनेर उनी त लफिङ पाे बनाउन थाल्नु भयो । हेर्दै पिरो ओहो बास्ना पनि अनौठो थियो । बाहिर वर्षा झन् झन् बढ्दै थियो मलाई भने केही वास्ता थिएन । म उनीलाई हेर्दै थिए । उनी भने लफिङ बनाउन मै व्यस्त थिइन । हेर्दा हेर्दै लफिङ तयार भो । उनकै अगाडिको टेबुलमा राखिदिइन् र बिस्तारै खानुस् भनिन् ।
अब उनी आफ्नै कुरा गर्न थालिन् । म पनि उनको कुरा सुन्दै लफिङ खान थालें । चिसो लफिङ पनि तातो लाग्न थाल्यो, पिरो लफिङ पनि मिठो गुलियो लाग्न थाल्यो । म त मोहनी लगाइएको जस्तो भएको थिएँ । त्यो क्याफेको भएभरको लफिङ सबै खाईदिउ की जस्तो पनि लागेको थियो । मन मस्तिष्कले पिरो नमाने पनि जिब्रोले भने पिरो भयो पिरो भयो भनिरहेको थियो । तर मैले सब लफिङ खाइदिएँ ।
मैले खाएको शैली देखेर होला सायद तपाईलाई पिरो भयो जस्तो छ कफी एउटा खानु न है भनेपछि बल्ल पिरो नै भएको हो रहेछ भन्ने अनुभव भएको थियो । अब कफी पनि बर्षको एक चोटि खानेमा म पनि पर्छु । त्यस माथि क्यापुचिनो । अहिले सम्म नाम मात्रै सुनेको होला । आज मुखमा पनि हाल्नु पर्ने भो भनेर एक मन उत्साहित पनि थियो । आधा कप कफीको धुलोमा तातो पानी हालेर मलाई हातमा दिइयो । अप्सराले विष पिलाए त पिउन तयार म अशुर जस्तो मान्छे, अमृत जस्तो क्यापुचिनो पिलाए पछि खान हुन नहुने भन्ने सब बिर्सिएर आज एक चोटि खानु भोलि देखि नखानु न भनेको सम्झेर खाइदिएँ ।
कति मिठो स्वर, कति सुन्दर अनुहार, कति मिठो लफिङ र कति मिठो क्यापुचीनो । उनको कुरा सुनिरहु जस्तो लागिरहेको थियो । उनीलाई हेरिरहुँ जस्तो लागिरहेको थियो । यो वर्षा त कहिल्यै नरोकी दियोस् जस्तो लाग्न थालेको थियो । आजको दिन पनि कहिल्यै नसकिदियोस् जस्तो पनि लागि रहेको थियो । मन मनै साक्षत वर्षा की देवी देवतालाई पनि बिन्ती चढाउँदै थिएँ ।
अचानक मम्मी भनेर लगभग ८-९ वर्षकी हिस्सी परेकी बच्चाले आएर उनीलाई अँगालो हाल्दा म झसङ्ग भएँ । सार्है नरमाइलो लागेको क्षण थियो । कति भयो साउनि भनेर पैसा तिरिहाले । लफिङ र क्यापुचिनोको स्वाद र उनको अनुहारको याद बोकी निस्कीहाले ।