बसुन्धरामा भएको बम विस्फोटको विरोधमा देशभरका म्यानपावर कम्पनी बन्द

 

फागुन २६, काठमाडौँ । आज देशभरका म्यानपावर कम्पनी बन्द हुने भएका छन् । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा देशभरका म्यानपावर कम्पनी बन्द गरिएको हो । 

null

गत शुक्रबार अध्यक्ष गुरुङको घरमै रोकि राखेको कारमा बम विस्फोट गराइएको थियो । कार त ध्वस्त भयो नै साथै उनको घरमा पनि आगलागीका कारण क्षति भएको थियो । घटनामा गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका थिए । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त घटनाको जिम्मेवारी लिइसकेको छ । ‘गुरुङले देश र जनतालाई कंगाल बनाउने तथा मानव तस्करीलाई रोक्नुको सट्टा प्रसय दिएकोमा पटक–पटक चेतावनी दिँदासमेत नमानेको हुँदा कारबाही स्वरुप बम विस्फोट गराइएको हो’, नेकपाको सहायक संगठन युवा संगठन नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विप्लवले वैदेशिक रोजगार व्यवसायी महास‌ंघको नेतृत्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मानव तस्करी गर्ने, जनतालाई ठग्ने कामहरु बन्द नगरे यो भन्दा अझै बढी सशस्त्र कारवाही गर्ने चेतावनी समेत दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *