‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ, प्रधानमन्त्रीले बोल्नुपर्यो’

 

फागुन २८, पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । ‘सिके राउतले स्वतन्त्र मधेसका लागि जनमत संग्रह भनिरहेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन समेत गर्नुभएको छैन । सिके राउतले राष्ट्रघात गरेका छन्, प्रधानमन्त्रीले बोल्नुपर्यो’, उनले भने । 

null

वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो । 

यस्तै उनले प्रतिपक्ष कमजोर भयो भन्ने सवालमा भोट एमालेलाई हाल्ने अनि कांग्रेस कहाँ गयो भन्ने ? भन्दै प्रश्न गरे । सभापति देउवाले सरकारको अराजक गतिविधिको विरोध गर्दै सशक्त आन्दोलन गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *